मेट्रोपोलिटान एकेडेमीलाई सिटिवानको तीजगीत प्रतियोगिताको उपाधि

नवलपरासीले जित्यो उत्कृष्ट भेषभूषा

पाेखरा | भदौ १६, २०८१

मेट्रोपोलिटान एकेडेमीलाई सिटिवानको तीजगीत प्रतियोगिताको उपाधि

पोखरा:    सिटिवान टेलिभिजनले आयोजना गरेको तेस्रो संस्करणको खुला तीजगीत प्रतियोगिताको उपाधि मेट्रोपोलिटान एकेडेमीले जितेको छ । 

 

४८ टीमलाई पछि पार्दै मेट्रोपोलिटानले उपाधि जितेको हो ।

 

प्रतियोगितामा दित्तिय पुरस्कार देविस्थान भजन महिला समूह पोखरा २५ हेम्जाले प्राप्त गर्यो , त्यस्तै तृतीय पुरस्कार  राष्ट्रिय मावि पोखरा १ बगरले हात पारे भने सान्त्वना पुरस्कार सक्षम अभियान नेपाल समुहले हात पार्यो । 
 

 

विजेताहरुले क्रमशः रु पचास हजार, तीस हजार २० हजार र १० हजार प्राप्त गरे ।

 

प्रतियोगीतामा उत्कृष्ट शब्द कमल जोशी आमा समुह, उत्कृष्ट भेषभुषा भिजन एकेडेमी नवलपरासीको टिम तथा उत्कृष्ट नृत्य सफल उद्द्यमशील महिला समूहले हात पारे । उनीहरुले जनहि ५ हजारको साथमा प्रमाणपत्र प्राप्त गरे ।  

 

“तीजको वेला सिटीवानको साँस्कृतिक मेला, खुल्ला तीज गीत प्रतियोगितामा कास्की र नवलपरासीका कुल ४२ समुहले प्रतिष्पर्धा गरेका थिए ।  

 

सहभागी समुहहरुले  महिला शसक्तिकरण,  महिला हिसां, पर्यटन प्रवर्धन,  बैदेशिक रोजगार, उधमशिलता, तथा लागु पदार्थ दुव्र्यसनी, शिक्षा जस्ता सामाजिक  विषयमा गीत गाएका थिए । 

 

गण्डकी प्रज्ञा प्रतिष्ठानको सभाहलमा शनिवार सम्पन्न कार्यक्रमको उद्घाटन सत्रका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले प्रदेश सरकार सांस्कृतिक गतिविधिको संरक्षणमा लाग्ने भन्दै सद्भाव पुर्ण रुपमा हरितालाीका तिज मनाउन सवैलाई आग्रहृ गरेका थिए । 

 

उनले संस्कृतिलाई समाजमा व्याप्त असमानता, बेथिति र विविध समस्याहरुबारे आवाज उठाउने उद्देश्यले आयोजना गरिएको तीज गीत प्रतियोगिता उदाहरणीय रहेको बताए ।
 

प्रतियोगीतामा निर्णायकहरुमा विवि अनुरागी, सिता केसी र शंकर विरही गुरुङ रहेका थिए ।  

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्